विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर स्थिर, युरो र पाउण्डसँगै युआन बढ्यो
काठमाडौं - उच्च मूल्यमा पुगेको अमेरकी डलरको विनिमय दर साताको अन्तिम दिन स्थिर छ। युरो र पाउण्ड स्टर्लिङ भने बढेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ७४ पैसा र बिक्री दर १३५ रुपैयाँ ३४ पैसा छ। शुक्रबार कायम यो मूल्यमा अमेरिकी डलर स्थिर छ। यसअघि बिहीबार खरिद दर १३४ रुपैयाँ ७१ पैसा र बिक्री दर १३५ रुपैयाँ ३१ पैसा थियो।
खरिद दर १४१ रुपैयाँ ६१ पैसा र बिक्री दर १४२ रुपैयाँ २४ पैसा रहेको युरोपियन युरो बढेर खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा भएको छ। पाउण्ड स्टर्लिङ शुक्रबार खरिद दर १७० रुपैयाँ ३० पैसा र बिक्री दर १७१ रुपैयाँ ६ पैसा थियो। शनिबार बढेर खरिद दर १७० रुपैयाँ ८७ पैसा र बिक्री दर १७१ रुपैयाँ ६३ पैसा भएको छ।
स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, थाइ भाट, मलेसियन रिंगेट, दक्षिण कोरियन वोन, स्वीडिश क्रोनर, डेनिश क्रोनर र कुवेती दिनारको विनिमय दर बढेको छ।
क्यानेडियन डलर र बहरेन दिनार घटेको छ भने साउदी रियाल, कतारी रियाल, यूएई दिराम, हङकङ डलरको विनिमय दर स्थिर छ।