मंसिरमा बिहेका एउटा मात्र साइत,कारण यस्तो छ ?
काठमाडौं - आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ ।
बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो, मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरू लगनगाँठो कस्ने तयारीमा होलान् ।
तर यसवर्षको मंसिरमा एकवटा मात्रै ८ गते विवाहका साइत छन् । यो एक दिनमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि दुई महिना कुर्नुपर्ने भएको छ ।
मंसिरको ८ गते मात्रै विवाह साइत जुरेको छ । मंसिर ८ गतेसम्म विवाह गर्न नभ्याउनेले लगान जुराएर बिहे गर्ने हो भने २ महिनासम्म कुर्नुपर्ने हुन्छ ।
किनभने ज्योतिषीय गणनाअनुसार पुस महिनामा शुभ साइत जुराउन कठिन मानिन्छ । विवाहको लगन हुँदैन । माघ ४ गते र २५ गते साइत छ । माघ महिनामा पनि जम्माजम्मी दुईदिन मात्रै विवाहको साइत छ । फागुनमा भने ८ दिन साइत जुरेको छ । १, ६, ८, ९,१३, २२, २३ र २८ गते बिहेको लगन जुरेको छ ।
मंसिरमा साइत वा लगन जुराएर बिहे गर्नेहरूका लागि धेरै सुविधा नदेखिए पनि उत्तम साइत नजुर्ने दिनमा समेत बिहे गर्न सकिने जानकारहरू बताउँछन् ।