Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बडवाइजर बियर’ नेपालका मालिक शाह सबैभन्दा बढी आयकर तिर्ने व्यावसायी

शनिबार, मंसिर १, २०८१

काठमाडौं– यस बर्ष व्यक्तिमा जावलाखेल ग्रुप नेपालका प्रबन्ध निर्देशक राजबहादुर शाह सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिमा सम्मानित भएका छन्।

उनको कम्पनीले नेपालमा अहिले चल्तीमा रहेको अमेरिकी ब्रान्डको ‘बडवाइजर बियर’ उत्पादन र बिक्रि गर्दै आएको छ।

राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई आन्तरिक राजश्व विभागले सम्मान गरेको हो। यसक्रममा व्यक्तितर्फ शाह परेका हुन्। 

यसअघि निरन्तर आयकर धेरै तिर्ने सिप्रदीका सिद्धार्थ राणालाई शाहले उछिनेका हुन्। 

कम्पनीमा यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ। 

विभागका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेता निर्यातमा कोडावतार प्रालि,  कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बिमातर्फ  नविल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन्।

यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट पहिलो भएका छन्। 

वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन्।
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार