उपनिर्वाचनमा जसपा नेपालबाट दुई जना तेस्रोलिङ्गी उम्मेदवार
काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको उपनिर्वाचनमा दुईजना तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने भएको छ ।
सो पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुखमा हनि महर्जन र वडा नम्बर ४ को वडाध्यक्ष पदमा मौनी महर्जनलाई उम्मेनवार बनाउने निर्णय गरेको हो । यी दुबै प्रस्तावित उम्मेदवार तेस्रो लिङ्गी हुन् ।
यी उम्मेदवारलाई जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र प्रदान गरेको छ । हनि महर्जन तेस्रो लिङ्गी एवम् कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हुन् । मौनी महर्जन पनि सोही संस्थाका स्वयम्सेवक हुन् ।
हनी स्थानीय टुरिस्ट गाइड पनि हुन् । मौनी तेस्रो लिङ्गी मोडलको रूपमा परिचित छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१ १३:२७
प्रतिक्रिया दिनुहोस्