नेभिगेशन
राजनीति

साझा एजेण्डामा सरकार चलिरहेको छ : महासचिव पोखरेल

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन् ।

 नेकपा एमाले सूर्यविनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्‌घाटन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास–निर्माणका काममा तल्लीन भएको बताए।

उनले भने, ‘नेकपा एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बाेकेर हिड्‌न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ  ।’

राज्य र जनता मिलेर देश बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डो¥याउन धेरै समय नलाग्ने बताए। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति