Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सबैलाई करको दायरामा ल्याउन कर शिक्षा आवश्यक’

शनिबार, मंसिर १, २०८१

चितवन- सबैलाई करको दायरामा ल्याउन करसम्बन्धी जानकारीमूलक शिक्षा आवश्यक रहेकामा सरोकार भएकाले जोड दिएका छन्।

१३औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरको संयोजनमा आयोजित कार्यक्रममा सहभागीले कर करले नभई स्वस्फूर्त रूपमा तिर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन्।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कानुनको परिधिभित्र रहेर सम्पूर्ण नागरिक तथा उद्योग, व्यवसायीलाई करको दायरामा आउन आग्रह गरे। उनले कर शिक्षाका बारेमा आमनागरिकलाई आवश्यक जानकारी उपलब्ध गराउन सबैको सहकार्य आवश्यक रहेको बताए।

उद्योगी, व्यवसायीरूले कर शिक्षाका बारेमा बेवास्ता नगर्न नहुने धारणा राख्दै प्रजिअ पौडेलले हरेका नागरिकले आफूले तिनुपर्ने करलाई दायित्वका रूपमा लिनुपर्नेमा जोड दिए। उनले व्यवसाय सञ्चालन गर्नुअघि करका बारेमा अनिवार्य जानकारी लिन सबैलाई आग्रह गरे। कर शिक्षाका बारेमा व्यवसयीले जानकारी पाएको खण्डमा कर तिर्नबाट नभागी जागरुक हुने उनले विश्वास व्यक्त गरे।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघले व्यवसायीलाई करका बारेमा आवश्यक जानकारी दिँदै आएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गरे। उनले व्यवसायीमा करका बारेमा सामान्य ज्ञान नहुँदा समस्या आउने गरेको भन्दै आन्तरिक राजस्व कार्यलयको परिसरमा कर सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए।

उक्त सहायता कक्षमा व्यवसायीले नजानेकारनबुझेका करसम्बन्धी प्रवाधान, अवस्थालगायत विषयमा जानकारी लिन सकिने अध्यक्ष श्रेष्ठले उल्लेख गरे। कक्षलाई सेवाग्राहीमैत्री र व्यवस्थित बनाउन कर कार्यालयसँग सहकार्य गरिँदै आइएको उनले बताए।

चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले कर शिक्षाका बारेमा सबैलाई चेतना जगाएर करको दायरामा ल्याउनुपर्नेमा जोड दिए। संघले सबैलाई समयमा करको दायरामा ल्याउन पहल गर्दै आएको बताउँदै उनले भने, ‘कर करले होइन इजजतले तिरौँ।’

जिल्लास्थित हार्डवयर व्यवसायी संघका अध्यक्ष नरहरि घिमिरिले कर शिक्षा विद्यालय तहदेखि दिनुपर्ने आवश्यकता औँल्याए। अडिटर एसोसियसन नेपालका अध्यक्ष प्रदीपराज वस्तीले कर शिक्षा बुझेपछि व्यवसायीमा करसम्बन्धी आउने समस्या समाधान गर्न सहज हुने धारणा राखे।

नेपाल चार्टस एकाउन्टेन्स संघ ९एक्यान० का जिल्ला उपाध्यक्ष लक्ष्मन अधिकारीले कर प्रणाली प्रविधिमैत्री बन्दै गएको अवस्थामा कागजी प्रक्रियालाई बिस्तारै विस्थापन गर्दै जानुपर्ने उल्लेख गरे। जिल्लास्थित नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष गोपाल भट्टराईले कर प्रणालीलाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

मध्यम व्यवसाय गर्नेले करका बारेमा कम बुझ्दा समस्यामा पर्ने गरेको भन्दै उनले कुनै वस्तु तथा सेवा लिँदा बिल लिएर मात्र कारोबार गरेको खण्डमा कर प्रणाली व्यवस्थित बन्दै जाने उल्लेख गरे।

आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्यविक्रम खड्काले कर सप्ताहको अवसरमा जिल्लाका सबै स्थानमा पुगेर कर सचेतना कार्यक्रम गरिने जानकारी दिए। कर शिक्षाका बारेमा विद्यालयतहदेखि बुझाउनुपर्ने भएकाले विद्यालयसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको उनले बताए।

कार्यक्रममा जिल्लाका विभिन्न सुरक्षा निकायका अधिकारी, संघसंस्थाका प्रतिनिधि तथा विभिन्न विद्यालयबाट विद्यार्थीहरूको सहभागिता थियो।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्