११ वर्षपछि नेपाली फुटबलले लियो अफगानिस्तानसँग बदला
काठमाडौ - अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपालले अफगानिस्तानलाई २-० ले पराजीत गरेको छ । ताजिकिस्तानको डुबान्सेमा भएको खेलमा नेपालले फिफा वरियताको १५१ औँ स्थानमा रहेको अफगानिस्तानलाई पराजित गरेको हो ।
पहिलो हाफमा बराबरी खेलेको दुबै टोली, खेलको ४६ औँ मिनेटमा नेपालको तर्फबाट जिलेस्पीजंग कार्कीले अग्रता दिलाएका थिए ।
लगत्तै ७८ औँ मिनेटमा डिफेन्डर रोहित चन्दले उत्कृष्ट फिनिसिङ गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए ।
करिव ११ वर्ष पछि अफगानिस्तानसँग खेलेको नेपालले खेलेको थियो । काठमाडौंमा सन् २०१३ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा भिडेका थिए। अफगानिस्तानले १–० को जित निकालेको उक्त खेलमा पाएको पेनाल्टीमा रोहित चन्द चुकेका थिए।
नेपाललाई साफमा फाइनल पुगेर इतिहास बनाउँन रोकेको अफगानिस्तानलाई करिव ११ वर्षपछि नेपालले बदला तिरेको छ ।
यसअघि ताजिकिस्तानविरुद्ध ४–० ले हारेको नेपालले आज अफगानिस्तानसँग ५ खेलाडी परिवर्तन गरेको थियो । नेपालका प्रशिक्षक नविन न्यौपानेले डिफेन्डर अभिषेक लिम्बु, मिडफिल्डर मणि लामा, उत्सव राई, मनीष डाँगी र फरवार्ड आयुष घलानलाई पहिलो रोजाईमा खेलाएका थिए ।