Nic Ad Nic Ad
Nic Ad Nic Ad

१५ वर्षको करियरमा रोहितको नेपालका लागि पहिलो गोल

शनिबार, मंसिर १, २०८१

काठमाडौं  -३२ वर्षका रोहित चन्दले नेपालका लागि सन् २००९ मा डेब्यु गरेका थिए । एएफसी कप अन्तर्गत प्यालेस्टाइन विरुद्धको खेलमा डेब्यु गर्दा उनि १७ वर्षका थिए । उनि त्यसबेला सानो उमेरमा डेब्यु गर्ने नेपालका लागि सबैभन्दा कान्छा खेलाडी समेत बनेका थिए । यद्दपी यो रेकर्ड पछि विमल घर्ती मगरले तोडेका थिए । 

अचम्मको कुरा आफ्नो करिव १५ वर्षको करियरमा पनि उनले नेपालका लागि अहिलेसम्म पनि गोल हानेका थिएनन् । सामान्यतया फुटबलमा डिफेन्डरहरुले कमै गोल हान्ने गर्छन् । उनिहरुले निकाल्ने गोल भनेको प्राय जस्तो सेट पिसमा हुने गर्छ । सुरुवाती चरणमा मिल्डफिल्ड समेत खलेका उनले गोल गर्न भने चुकेका थिए ।

तर यत्रो वर्षको करियरमा उनले अन्तराष्ट्रिय स्तरमा नेपालको तर्फबाट गोल हान्न सकेका थिएनन् । तर आज अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा उनले आफ्नो रेकर्ड तोडेका छन् । खेलको ७८ औँ मिनेटमा गोल हान्दै उनले अन्तराष्ट्रिय करियरमा पहिलो गोल दर्ता गरेका छन्। 

यसअघि पनि सन् २०११ उनलाई अफगानिस्तानसँग पेनाल्टीमा पहिलो गोल गर्ने राम्रो मौका रहेको थियो । तर त्यसबेला उनले चुक्दा नेपाल पनि साफको फाइनल पुग्नबाट चुकेको थियो। 

गोल नगरेपनि रोहित चन्द नेपालका लागि हरेक खेलमा महत्वपूर्ण खेलाडी हुन् । उनले डिफेन्डमा निर्वाह गर्ने भूमिकाले नेपाललाई धेरै गोल खानबाट बचाइरहेको हुन्छ । 

यसका साथै, उनि नेपाली फुटबलको सबैभन्दा सफल खेलाडीको रुपमा पनि गनिने गर्छन् । नेपाली फुटबल इतिहास मै उनि विदेशी व्यवसायीक लिग खेल्ने खेलाडीहरू मध्येको सूचीमा प्रथममा पर्ने गर्छन् । उनले खेल्ने इन्डोनेसियाको लिगा-१ एसियाको प्रतिश्पर्धात्मक लिगमा पर्ने गर्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्