अमेरिकी डलरको मूल्य उच्च विन्दुमै, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ - शनिबार अमेरिकी डलरको मूल्य फेरि उच्च विन्दुकै दरमा पुग्यो। आज आइतबार पनि १३५.३४ रुपैयाँको रेकर्ड मूल्यमा डलरको विनिमय दर कायम छ।
आज युरोको बिक्री दर १४३.१५ रुपैयाँ छ भने बेलायती पाउण्डको विनिमय दर १७१.६३ रुपैयाँ छ। स्वीस फ्रयांकको बिक्री दर भने आज १५२.५१ रुपैयाँ छ।
यस्तै, अष्ट्रेलियन डलरको बिक्री दर आज ८७.६४ रुपैयाँ छ भने क्यानेडियन डलरको ९६.४२ रुपैयाँ र सिंगापुर डलरको १००.९५ रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ ०७:००
प्रतिक्रिया दिनुहोस्