Nic Ad Nic Ad
Nic Ad Nic Ad
खेलमा उडान

किर्तिमानी यू–१९ कप्तान पूजा, बहिनी आरती र भाई कृष्ण पनि राष्ट्रिय क्रिकेटमा, बुवाआमा के गर्छन्?

आइतबार, मंसिर २, २०८१

काठमाडौं– हातमा बन्दुक, कलम या अरु केही दिने भन्ने निधो अचेल बाबुआमाले गर्दैनन्। त्यो निधो छोराछोरीको इच्छा र रहरका कारण हुन्छ। रञ्जित महतो त्यसका एउटा उदाहरण हुन्। 

उनले तीन सन्तानको हातमा बन्दुक त दिएनन् तर कलमसँगै क्रिकेटको बल र ब्याट दिए। फलतः अहिले उनमा हर्ष विभोरताका कयन आँसु छन्, छोराछोरीका कारण। 

खासगरी माइली छोरी, पूजा महतोले रञ्जितको कदलाई गाउँमा उँचो बनाएकी छन्, आफ्नो कद अन्तर्राष्ट्रिय जगतमा। 

नेपाली महिला राष्ट्रिय यू–१९ क्रिकेट टीमलाई विश्वकपमा प्रवेश गराउने मूल पात्र बनिन् कप्तान पूजा महतो। नेपाली टोलीकी कप्तान पूजाले मंगलबार कीर्तिमानी शतक बनाइन्। 

छनोट प्रतियोगिताकै इतिहासमा पहिलो शतक पूरा गरेकी पूजाले कुवेतविरूद्धको खेलमा पाँच विकेट लिइन्। यो अदभूत खेल देखाएकी पूजाको पारिवारिक पृष्ठभूमी संघर्ष र रोचकले भरिपूर्ण छ।

नेपालका लागि एकै खेलमा शतक प्रहार गर्ने र पाँच विकेट लिने पहिलो खेलाडी पूजाका बुवाआमा भारतमा चिया बेच्ने काम गर्छन्। अनि, पूजासहित उनकी बहिनी आरती र भाई कृष्णचाहिँ क्रिकेटमा नै अभ्यस्त बनेका छन्। 

नेपालका लागि अलराउन्ड प्रदर्शन गरेकी पूजा नेपालको राष्ट्रिय टोलीबाट समेत खेलिसकेकी छिन्। राष्ट्रिय टोलीमा गरेको प्रदर्शनकै आधारमा उनलाई यू–१९ टोलीको कप्तानको जिम्मेवारी दिइएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

मधेसकी चेली पूजा महोत्तरीको गौशाला–९ मा जन्मिएकी हुन् तर उनको बाल्यकालचाहिँ भारतमा बित्यो। यसैकारण पनि उनमा क्रिकेटको रस पस्यो। 
बहिनी आरती राष्ट्रिय टीमको क्याम्पमा परेकी छन् भने भाई कृष्णले उमेर समूहको राष्ट्रिय खेल खेलीसकेका छन्। 

उनीहरूको क्रिकेट रुचीलाई बलियो बनाउनका लागि बाबु रञ्जित महतोको ठूलो योगदान रहेको छ।

रञ्जितले नयाँ दिल्लीमा काम गर्न थालेको चार दशक बितेको छ। उनले ८ वर्षको उमेरदेखिनै दिल्लीमा चिया पसलमा काम गरे।

रञ्जितको विवाहपछि पूजाकी आमा रिता गाउँमै थिइन्। केही समयपछि उनी पनि छोराछोरी लिएर दिल्ली गइन्। रञ्जितले छिमेकी मुलुकमा बसेर नेपालको नामलाई बलियो बनाउने सन्तानलाई कर्मठ बाटो देखाएको उनका छिमेकी बताउँछन्।

पूजाको हजुरबुवा र आमा महोत्तरीको गौशालामा बस्छन्। खेतीपातीको काम गर्छन्। आमाबुवा अहिले दिल्लीमा प्लाष्टिक कम्पनीमा काम गर्छन्। 
पूजा हजुरबुवा, आमालाई भेट्न कहिलेकाहीँ गौशाला जान्छिन्। तीन चार वर्षयता उनी खेलमै व्यस्त छिन्। 

क्याम्पमा उत्कृष्ट गर्दै २०२३ मा पूजा नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीमा परिन्।

गत वर्षको प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसमा पूजा उप कप्तान भइन्। उक्त प्रतियोगितामा वेष्ट बलर भइन्। प्रतियोगिताभर उनले २१२ रन र १२ विकेट लिएकी थिइन्।
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्