उपनिर्वाचन : हेटौंडा–१२ को अध्यक्षमा रास्वपाका बलले गरे मनोनयन दर्ता
मकवानपुर- आउँदो मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका–१२ को अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशा वीर बलले मनोनयन दर्ता गरेका छन् । हेटौंडा–१२ स्थित वडा कार्यालयपुगेर बलले मनोनयन दर्ता गराएका हुन् । उनले राजदेव लामाको प्रस्ताव र चन्द्र बहादुर स्याङ्तानको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।
गत २०७९ को निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित घलान जिल्ला समन्वय समिति प्रमुख बनेसँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो । सो रिक्त पदका लागि मंसिर १६ मा निर्वाचन हुने तय भएको हो । उपनिर्वाचन अन्तर्गत अहिले धमाधर्म मनोनयन गर्ने क्रम चलिरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १२:१४
प्रतिक्रिया दिनुहोस्