Nic Ad Nic Ad
Nic Ad Nic Ad
एनपीएल

एनपीएलः कर्णालीसित शिखर धवन भए बिराटनगर किङ्ससँग छन् विस्फोटक ‘दुई औंला’, को हुन् उनी?

आइतबार, मंसिर २, २०८१

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा राष्ट्रिय क्रिकेटका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछाने मार्की रहेको बिराटनगर किङ्गसले पनि ‘आगो’ खेलाडी भित्राएको छ। 

जसरी कर्णाली याक्सले भारतीय पूर्वओपनर शिखर धवनलाई ल्याएर ‘गब्बर’को संज्ञा दिएको छ त्यसैगरी बिराटनगर किङ्गसमा आएका मार्टिन जेम्स गुप्टिल पनि लामिछाने ‘जय’ हुँदा ‘बीरु’ बन्ने भयानक ओपनर हुन्।  

३८ बर्षिय न्यूजिल्यान्डका पूर्वक्रिकेटर गुप्टिल खेलका सबै ढाँचामा ओपनिङ ब्याट्सम्यानको रूपमा खेल्ने खेलाडी हुन्। 

सीमीत ओभरमा भयानक रन बनाउने क्षमता र कला उनमा रहेको छ। 

गुप्टिल ज्यूजिल्यान्डबाट एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दोहोरो शतक प्रहार गर्ने देशका लागि पहिलो समग्रमा पाँचौं क्रिकेटर हुन्।  

क्रिकेट विश्वकप खेलहरूमा सर्वाधिक व्यक्तिगत स्कोर र २३७ को एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो उच्च स्कोर बनाउन सफल गुप्टिलको सहभागीता बिराटनगर किङ्सलाई बलियो दाबेदारका रुपमा प्रस्तुत गर्दछ। 

मार्च २०२१ मा, गुप्टिलले आफ्नो १०० औं टी–२० खेलेका थिए। उनी २०१५ र २०१९ मा दुई क्रिकेट विश्वकप फाइनलमा उप–विजेताको रूपमा समाप्त हुने न्यूजिल्याण्ड टोलीको पनि एक हिस्सा थिए।

गुप्टिलले इडेन पार्क क्रिकेट स्टेडियममा ६०० भन्दा बढी टी–२० रन बनाउने खेलाडी हुन्। उनी अन्तर्राष्ट्रिय टी–२० एउटै स्थानमा ५०० र ६०० प्लस रन बनाउने बनाउने पहिलो र एक मात्र खेलाडी हुन्।

गुप्टिलको देब्रे खुट्टामा दुईवटा मात्र औँला छन्। १३ वर्षको उमेरमा उनी फोर्कलिफ्ट दुर्घटनामा पर्दा तीन औंलाहरू गुमाएका थिए। न्यूजिल्याण्ड क्रिकेट टोली भित्र उनको उपनाम ‘दुई औंला’ छ। उनले केल्स्टन ब्वाइज हाई स्कूलमा ४ वर्ष अध्ययन गरे र माध्यमिक विद्यालयको अन्तिम वर्षमा उनले एभोन्डेल कलेजमा गए।

यीनै गुप्टिलको विस्फोट ब्याटिङसहित अन्य खेलाडीको धमाकेदार तयारी चलिरहेको बिराटनगर किङ्सका सञ्चालकहरू बताउँछन्। एकातिर मार्की सन्दीप लामिछाने ‘स्यान्डी’को बलिङमा पनि बिराटनगर आश्वस्त रहेको छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्