युवासम्बन्धी अमेरिकी विशेष दूत फिनकेनाउरले पहिलो पटक मःम खाइन्, अरु के–के गरिन् त?
काठमाडौ- युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउरले पहिलो पटक मःम खाएकी छिन् । पहिलो दक्षिण एशिया भ्रमण काठमाडौँ आएकी उनले पहिलो पटक मःम खाएकी हुन् ।
मःमको स्वाद लिनेदेखि बुक बसबारे उनले छलफल गरेको बताइएको छ । उनलेले नेपालमा युवा नेतृत्वकर्तासँग जोडिएर राजनीतिमा युवाको सहभागिताबारे अनुभव र विचारहरू आदानप्रदान गरेकि छिन् । भ्रमणमा मानसिक स्वास्थ्य र सामाजिक सञ्जालको चुनौतीहरूबारे छलफल, नागरिक सहभागिता परियोजनाको हिस्साको रूपमा प्रशिक्षणात्मक निर्वाचन अवलोकन, विद्यार्थीहरूसँग अन्तर्क्रिया, कीर्तिपुरमा नवीन कार्यशालाहरूमी सहभागिता, र USYC सदस्यहरूसँग भेटघाट गरेकी छिन् । उनले युवा केन्द्रित अमेरिकी विदेश नीति, प्राथमिकताहरूको विषयमा पनि छलफल गरेको बताइएको छ । ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १२:५८
प्रतिक्रिया दिनुहोस्