‘पल्लारे साइँलो'ले गीतकी गायिका परियारले विवादबारे प्रष्टाइन्
काठमाडौं– चर्चा र ट्रेन्डिङमा रहेको ‘...मत ढले ढले, पल्लारे साइँलोले’ गीतकी गायिका शान्तारानी परियारले सतहमा आएका केही विवाद र आलोचनाबारे प्रष्ट्याएकी छन्।
उनले सामाजिक संजाल टिकटकमार्फत गीतमा भन्न खोजिएको आशय र शव्दको तालमेल फरक भए पनि अपभ्रंश भएर सुनिएको बताएकी छन्।
उनले भनेकी छन्,‘गीतलाई मन पराउनु भएकोमा सबैलाई धन्यवाद। गीतमा पल्लारे साइँलोले आ..म..लाई भन्ने सुनए पनि त्यो आमालाई भन्ने रहेको र सकारात्मक रुपमा लिन आग्रह गर्दछु।’
यो गीतले युट्युव र टिकटकमा चर्चा पाउनुका साथै बिरोधाभाष टिप्पणी पनि खेपेको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १३:०८
प्रतिक्रिया दिनुहोस्