Nic Ad Nic Ad
Nic Ad Nic Ad

उप–निर्वाचनः किर्तिपुर नगरपालिका प्रमुखमा उम्मेदवारी दिन रास्वपाले किन हिम्मत गरेन?

आइतबार, मंसिर २, २०८१

काठमाडौं– देशैभरका स्थानीय तहमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा विभिन्न पदमा मनोनयनको दर्ता आइतबार भएको छ। 

यस मध्य काठमाडौंसँग जोडिएको किर्तिपुर नगरपालिकामा महत्वपूर्ण प्रमुखको पदमा नै उपनिर्वाचन हुनेछ। 

गत स्थानीय तहको निर्वाचनमा गठन नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि यस उपनिर्वाचनमा उम्मेदवारी दर्तामा लागेको छ। तर उसले किर्तिपुर जस्तो नगरपालिकाको प्रमुखमा भने उम्मेदवारी नदिने निर्णय गरेको छ।  

पार्टीका काठमाडौँ जिल्ला संयोजक प्रदिप बिष्टले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने जानकारी दिए।

रास्वपा स्रोतका अनुसार स्वतन्त्र उम्मेदवार कोही उठेको खण्डमा हामी समर्थन गर्नेछौं। स्रोत भन्छ,‘डराएर नदिएको होइन हामी अहिले सभापतिको पक्राउविरुद्धको आन्दोलनमा पनि छौं। चुनावी अभियानमा खट्ने कि सभापतिविरुद्धको सरकारको कदममा भन्ने चिन्तनले हो।’

रास्वापाले काठमाडौँ महानगरपालिका–१६ भने उम्मेदवारी दिने भएको छ। सो वडामा  रोजिना श्रेष्ठलाई उठाउने निर्णय भएको विष्टले जानकारी दिए।
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्