Nic Ad Nic Ad
Nic Ad Nic Ad

२१ बर्षअघि एमाले छाडेका रजमानले किर्तिपुर नगरपालिकाको मेयरमा दिए स्वतन्त्र उम्मेदवारी

आइतबार, मंसिर २, २०८१

काठमाडौं–२१ बर्षअघि नेकपा एमाले छाडेर अभियानमा लागेका रजमान मानवले किर्तिपुर नगरपालिका प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

आगामी मंसिर १६ गते हुने स्थानीय तहको उप-निर्वाचनमा किर्तिपुरको मेयर पदका निम्ति पनि मतदान हुनेछ।  

कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन्।

उमेदवारी दर्ता गराउन उनीसहित केही समर्थक निर्वाचन अधिकृतको कार्यालयमा झाड्, कुचोसहित पुगेका थिए। उनी अहिले सरसफाई अभियानकर्मीका रुपमा परिचित छन्। 

स्वतन्त्र उमेदवारी दर्ता गराएका राजमान ०६० सालसम्म नेकपा एमालेमा आबद्ध थिए। उम्मेदवारी मनोनयन आइतबार ५ बजेसम्म हुनेछ। 

मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ। सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरिनेछ। मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुन्छ। 
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार