Nic Ad Nic Ad
Nic Ad Nic Ad

कीर्तिपुरको मेयरमा एमालेका डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी

आइतबार, मंसिर २, २०८१

काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदमा सत्तारुढ नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् ।  आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट कीर्तिपुर नगरपालिका–१ र ४ को अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।

कीर्तिपुरको मेयरमा एमालेबाट मानन्धरसहित नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन, राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार