नेभिगेशन
राजनीति

स्थनाीय तह उपनिर्वाचनः मेयरमा जसपाका उम्मेदवार ‘तेस्रो लिङ्गी’, राजमानलाई कुलमानको साथ!

काठमाडौं– आगामी १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)ले किर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गी महिलालाई उम्मेदवारका रुपमा उभ्याएको छ। 

तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) ले मेयर र राजीव महर्जन (मौनी) ले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

वडा नं ४ को वडाध्यक्षमा मौनीले उम्मेदवारी दिएका हुन्। उनीहरुले शनिबार मायाको पहिचान नेपालको कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका थिए।

कांग्रेस, एमाले र माओवादीलगायतका दलका प्रतिनिधिले पनि उम्मेदवारी दिएका छन्।

यसैगरी २१ बर्षअघि नेकपा एमाले छाडेर अभियानमा लागेका राजमान मानवले पनि मेयर पदका लागि उम्मेदवारी दर्ता गराए।

कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका थिए। उनलाई कुलमान घिसिङको पनि साथ रहेको बताइन्छ। 

घिसिङसँग राजमानको शनिबार साँझ मात्र एक घन्टा कुराकानी भएको थियो। घिसिङ किर्तिपुर नै पुगेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति