२० करोडले घट्यो वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्व संकलन
काठमाडौँ- वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले चार महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो ।सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलनमा कमी आएको हो।
चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको कार्यालयले जनाएको छ ।
चालु आवको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व संकलन गरेको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १५:४५
प्रतिक्रिया दिनुहोस्