सबैभन्दा बढी आयकर बुझाउने नेपाल टेलिकमलाई विभागको सम्मान
काठमाडौँ - नेपाल टेलिकम सबैभन्दा बढी आयकर दाखिला गरेकोले सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकोले आन्तरिक राजश्व विभागबाट टेलिकमलाई सम्मान गरेको हो ।
शनिबार राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरेका थिए ।
नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सो सम्मान ग्रहण गरिन् । राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।
सोही दिन विभागले उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सोही क्रममा विभागले नेपाल टेलिकमसहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मान गरेको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १६:११
प्रतिक्रिया दिनुहोस्