नलगाड नगरपालिकाको उपमेयरमा ४ जनाको मनोनयन दर्ता
काठमाडौँ- जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा चार दलले मनोनयन दर्ता गराएका छन् ।
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार दिउँसोसम्म नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा नेपालका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।जिल्ला निर्वाचन कार्यालयका अनुसार काँग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, रास्वपाबाट पार्वती पुन र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट सुनिता पुन रावलले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ताको समय अपराह्न ५ बजेसम्म तोकिएको छ ।
२०७९ को निर्वाचनमा काँग्रेसबाट उपमेयरमा निर्वाचित भएकी सरिता सिंहको गत १७ कात्तिक २०८० मा गएको भूकम्पमा परी मृत्यु भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १६:३४
प्रतिक्रिया दिनुहोस्