Nic Ad Nic Ad
Nic Ad Nic Ad

सदन अधिवेशनले प्रहरी ऐन पारित गरे आईजी कुँवरको पदावधि कम्तिमा ६ महिना थपिन्छ, लोसेआमा पारित

आइतबार, मंसिर २, २०८१

काठमाडौं– लोक सेवा आयोगले प्रहरीसम्बन्धी ऐनमा सहमति दिएर गृह मन्त्रालयमा पठाएपछि हालका महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरको पदावधि कम्तिमा पनि ६ महिना थपिने सम्भावना बढेको छ।  

नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदामा लोक सेवा आयोगले सहमति दिएको छ। यससँगै बिधेयक संसदमा लैजान सरकारलाई बाटो खुलेको छ।

गत  बिहीबार रायसहितको मस्यौदा आयोगले गृहमा पठाएको हो।  गृहले यही साता बिधेयकको मस्यौदालाई मन्त्रिपरिषद् पठाउने तयारी गरेको छ।

यो ऐन सरकारले पुससम्ममा पारित गरे प्रहरी अतिरिक्त महानिरिक्षक एआईजीहरुको पनि पदावधि लम्बिनेछ। 

यसअघि अर्थ र कानुन मन्त्रालयले मस्यौदामा सहमति दिइसकेको छ। 

गृहमन्त्री रमेश लेखकले ऐनलाई प्राथमिकतामा राखेर संसदको हिउँदे अधिवेशनबाट पारित गराउने बताउँदै आएका छन्। 

नयाँ ऐनमा ३० वर्षे सेवाहद हटाउनेदेखि भर्ना, बढुवा तथा अवकाशसम्बन्धि प्रावधानहरु व्यापक हेरफेर गर्न लागिएको छ।

हिउँदे अधिवेशनमै बिधेयक पास भएमा हालका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको पदावधि पनि थप हुने छ। कुँवरको जागिर अब चार महिना मात्र बाँकी छ।

ऐनको मस्यौदामा पहिलो वर्ष ३० वर्षमा ६ महिना  र दोस्रो वर्ष एक वर्ष थप गर्ने उल्लेख छ। 
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्