Nic Ad Nic Ad
Nic Ad Nic Ad

चौधरी ग्रुपले तिर्‍यो १८ अर्ब ५२ करोड कर, कूल राजस्वमा झण्डै दुई प्रतिशत योगदान

आइतबार, मंसिर २, २०८१

काठमाडौं- चौधरी ग्रुपले गत आर्थिक वर्ष २०८०/०८१ मा १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजस्व असुलीमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) हो । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभुमिमा ग्रुपले तिरेको कर अघिल्लो वर्षका तुलनामा १५ प्रतिशत धेरै हो ।

ग्रुपका अनुसार आव २०७९/०८० का तुलनामा गत आवमा २ अर्ब ३८ करोड बढी कर तिरिएको छ । आव २०७९/०८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो । राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणका बीच पनि १५ प्रतिशत बढाएर कर तिर्न पाएकामा आफुलाई खुसी लागेको ग्रुपका अध्यक्ष बिनोद चौधरीले बताए । पछिल्लो पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ ।

यस्तै ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले प्रत्येक वर्ष राजस्वमा योगदान बढाउँदै लगेको जानकारी दिए । उनले आगामी वर्षहरूमा पनि यो बृद्धिदर कायम राख्ने लक्ष्य भएको बताए । उनका अनुसार ग्रुपले नेपालमा लगानीको दायरा विस्तार गर्दै आएको छ । पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेको छ ।

‘करदाताको रुपमा व्यवसायमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिदै आएको छ,’ ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ‘ यो दुविधालाई अन्त्य गर्न र राजस्वमा गरेको योगदानलाई आम जनमानसवीच सार्वजनिक गर्न विवरण प्रकाशित गर्दै आइएको छ ।’
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्