Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सोमबार, मंसिर ३, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । 

बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । 

कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।

 जसअनुसार थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्