Nic Ad Nic Ad
Nic Ad Nic Ad

किर्तिपुर उपनिर्वाचनः २० जनाले मेयरमा मनोनयन गर्दा रास्वपाले किन पाएन उम्मेदवार, ११ त स्वतन्त्र मात्रै!

सोमबार, मंसिर ३, २०८१

काठमाडौं– सहरमा पकड रहेको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा देशभरका पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष गरी २६ ठाउँमा उम्मेदवारी दर्ता गरे पनि काठमाडौं महानगरपालिकासँग जोडिएको किर्तिपुर नगरपालिकामा प्रमुख (मेयर) पदमा आइतबार मनोनयन गराउने व्यक्ति पाएन।

११ जना त स्वतन्त्र उम्मेदवार मात्रै छन्। जहाँ आफ्ना उम्मेदवार हुने छैनन् त्यहाँ स्वतन्त्रलाई साथ दिने यसअघि रास्वपाले घोषणा गरेको थियो। तर, किर्तिपुरमा उसले उम्मेदवार नै नपाउनुको कारणचाहिँ आन्तरिक विवाद पनि रहेको बताइन्छ।

रास्वपाले उम्मेदवार बन्न इच्छुकलाई आवेदन आह्वान गरेकोमा कीर्तिपुर नगरपालिका प्रमुखका लागि जयराम कार्कीको मात्रै आन्तरिक उम्मेदवारी परेको थियो। कार्की रास्वपाको कीर्तिपुर नगर कमिटी सभापतिको आन्तरिक उम्मेदवारी परे पनि कार्कीलाई रास्वपाले उम्मेदवार बनाएन। 

कार्की रास्वपा सदस्य बन्नुअघि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काठमाडौँ जिल्ला सदस्य निर्वाचित भएका थिए।

jayaram-1731902371.jpg
कांग्रेस छोडेर उनी रास्वपामा सक्रिय भएका हुन्। उनले टौदह पर्यटन समिति अध्यक्ष र नौमुले खानेपानी समितिको अध्यक्ष समेत भएर काम गरेका छन्। तर रास्वपाभित्रको आन्तरिक विवादका कारण कार्कीलाई उम्मेदवार बनाइएन भने विकल्पमा अर्को नाम पनि तयार पारिएन। 

जबकि, स्वतन्त्र उमेदवारी दिनेमा आनन्द महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी, धर्मरत्न मानन्धर, नरेश श्रेष्ठ, नरेशराज पाण्डे, नवरथकुमार बाँनिया, प्रेमबहादुर महर्जन, मिम महर्जन, राजमान महर्जन र रामकृष्ण महर्जन रहेका छन्।

सत्तारुढ नेपाली कांग्रेसले कृष्णमान डंगोल, एमालेले सुरेन्द्र मानन्धरलाई मेयर पदको उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएको छ। माओवादीले एकीकृत समाजवादी र जनता समाजवादीको सहयोग पाएपछि प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवारी दर्ता गर्न लगायो। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इन्जिनियर ध्रुव महर्जनलाई उमेदवार बनाएको छ। उनी शाहीकालमा ०६२ मा कीर्तिपुरको मेयर बनेका थिए। 

कीर्तिपुरको मेयरमा जनता समाजवादी पार्टी नेपालले तेस्रो लिंगीलाई दीपक मर्जन (हनी)लाई उमेदवार बनाएको छ। 

यति धेरै प्रतिस्पर्धी हुँदा र उम्मेदवार तयार हुँदा पनि रास्वपा भने यो दौडमा सामेल नुहुनको कारण आन्तरिक विवादसहितका कारण रहस्यमयी रहेको बताइन्छ। एक स्थानीय भन्छन्,‘बैकल्पिक शक्ति भनिएकाले नै विकल्प दिन नसक्नु भनेको काठमाडौं नजिकबाट ठूलो पराजय हो।’

गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले काठमाडौं जिल्लामा सबैभन्दा बढी मत प्राप्त गरेको थियो। त्यसमा किर्तिपुर नगरपालिका पनि पर्दछ। तर, स्थानीय उपनिर्वाचनमा भने उसले प्रमुख पदका निम्ति हिम्मत नगर्नुलाई विविध कारणसँग जोडेर हेरिन्छ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्