Nic Ad Nic Ad
Nic Ad Nic Ad

बहुप्रतिक्षित काठमाडौं–१६ को उपनिर्वाचनमा कांग्रेसले किन दिएन स्व.वडाध्यक्ष रिजालको परिवारलाई टिकट?

सोमबार, मंसिर ३, २०८१

काठमाडौं– आगामी १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका क्रममा उम्मेदवार चयन गर्दा नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा स्व. अध्यक्ष मुकुन्द रिजालको परिवारमाथि अन्याय गरेको छ। 

नेपाली कांग्रेसले काठमाडौं–१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ।

गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि उपनिर्वाचन हुन लागेका छ। रिजालको २०८० भदौमा निधन भएको थियो।
१६ मा उपनिर्वाचनका लागि एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठले उम्मेदवार बनेका छन्।

तर उर्जाशील र गतिशिल स्व. वडाध्यक्ष रिजालको परिवारका सदस्यलाई त्यहाँ उम्मेदवार नबनाएर कांग्रेसले अन्याय गरेको टिप्पणी भएका छन्। 

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमानसिंह पत्नी तथा मेयरकी प्रत्यासी सृजना सिंहको हस्तक्षेपका कारण रिजालको परिवारले वडाध्यक्षमा टिकट नपाएको बताइएको छ। 

स्व. रिजालका छोरा सन्देशले भनेका छन्,‘हाम्रो अभिभावक स्व. मुकुन्द रिजालज्यूको निधन पश्चात् रिक्त रहेको काठमाडौं महानगरपालिका वडा नं १६ को उपनिर्वाचनमा उहाँको अधुरा सपना पूरा गर्ने मनसायका साथ आकांक्षा राखेका थियौं।

उम्मेदवारीका क्रममा हामी सहित अन्य समाजका थुप्रै अग्रणी व्यक्तित्वहरुले आकांक्षा राख्नु भएको थियोे तर आज उम्मेदवारी दर्ता गर्ने दिनसम्म पार्टीले उम्मेदवार तय गर्न नसकेको यस क्षणमा सर्वसम्मतिका लागि हामीले मार्ग प्रशस्त गरेका छौं।’ 

सन्देशले बाबुवाका अधुरा सपना साँचेको विषयलाई उजागर गर्दै अगाडि लेखेका छन्,‘सर्वसम्मत नभएको कारणले उम्मेदवार हुने प्रक्रियाबाट अलग रहने  निर्णय गरेका छौं। मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा हामीलाई हाम्रो पार्टीको जीत महत्त्वपूर्ण छ तसर्थ रुख चिन्हमा मतदान गरि नेपाली काँग्रेसका उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु।’

रिजालको परिवारले टिकट नदिनु अन्याय भएको टिप्पणी गर्दै रक्षा रेग्मी भन्छिन्,‘पानी पर्ने बेलासम्म ओत लाग्न ओड्नि छाता पानी रहेपछि बोझ लाग्नु चाक्सिबारीलाई स्वभाविक रहेछ। तर पानी फेरि पर्छ ओत लाग्न फेरि पर्छ भन्ने न सोच्नु मुर्खता हो।’ 

रेग्मीले व्यंग्यात्मक हिसाबमा सिंहलाई प्रहार गर्दै भनेकी छन्,‘जसले जीवनभरी चाक्सिबारीलाई नै भिजाउनबाट रोक्यो आज उनीमाथि अनन्याय भएको दुख सम्पुर्ण १६ नम्बर वडाबासीलाई छ। उनीहरुको मजबुत खम्बा बनेर बसेका थिए मुकुन्द दाई तर आज उनको परिवार घाइते हँंदा बैशाखीसम्म खोसिएको महशुस भैरहेको छ। राजनीतिमा नैतिकता सकिएपछि राजनीति नि सकिन धेरै बेर न लाग्ला।’ 

रिजालले १६ नम्बर वडामा सिंहको परिवारका निम्ति राजनीतिमा त्याग गरेको स्मरण गरेकी रेग्मी थप्छिन्,‘एउटा सिरकले जाडो कट्छ सोच्नु भाको होला तर जाडो फेरि पनि आउंछ अनि त्यो बेला कठ्याङग्रीन पर्दा महशुस पक्कै हुनेछ।’
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्