Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन महिनादेखि तरकारीमा विषादी परीक्षण बन्द

सोमबार, मंसिर ३, २०८१

चितवन– भरतपुर महानगरपालिका– २ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो ।

कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो ।

दैनिक करिब पाँचवटा नमूनाको विषादी परीक्षण गरिने मेसिन बिग्रिएपछि बनाउनका लागि पठाइएको उनले जानकारी दिए । मौसम अनुसारका ताजा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण हुँदै आएको थियो ।

प्रयोगशाला विसं २०७६ असोज ७ गते स्थापना गरिएको थियो । त्यसपछि वार्षिक सात सयभन्दा बढी नमूना परीक्षण गरिँदै आएको थियो । परीक्षणका आधारमा विषादीयुक्त फलफूल तथा ताजा तरकारी नष्ट गर्ने र केही समय राखेर मात्र बिक्री गर्न दिइने गरिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्