Nic Ad Nic Ad
Nic Ad Nic Ad

१० महिला फिल्म निर्मातालाई अमेरिकाको गिफ्ट, दूतावास किन सक्रीय छ?

सोमबार, मंसिर ३, २०८१

काठमाडौ - नेपाली फिल्मलाई राम्रो बनाउन अमेरिकाले दर्जन निर्मात्री र १० प्रशिक्षकको समूहगत कार्यशाला सुरु गरेको छ।

नेपाली सिनेमा क्षेत्रमा महिलाको सशक्तीकरणका लागि १२ प्रतिभाशाली नेपाली महिला फिल्म निर्माता र १० प्रशिक्षकहरू एक हप्ताको प्रशिक्षण आयोजना गरेको हो । 

Film Independent र U.S. Department of State को साझेदारीमा सञ्चालित ग्लोबल मिडिया मेकर्स कार्यक्रमले सिनेमाटोग्राफी र भिजुअल स्टोरीटेलिङ कार्यशाला सञ्चालन गरी नेपाली महिला फिल्म निर्माताहरूलाई सिनेमाटोग्राफी, ध्वनि, प्रकाश, सम्पादन, र रंग सुधारमा व्यवहारिक तालिम प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले यस्तो जानकारी दिएको हो।

यस कार्यक्रमका फेलो शान्ता नेपालीको नेतृत्वमा भएको यस कार्यशालाले यी फिल्म निर्माताहरूलाई आफ्ना सीपहरू निखार्न, सशक्त कथा भन्न, र नेपाली फिल्म उद्योगमा महिला निर्माताहरूका लागि सहयोगी समुदाय निर्माण गर्न मद्दत गरेको बताएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले यस्तो जानकारी दिएको हो।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्