निम्स दाईले खोलेको ब्रान्डमा विश्व चर्चित बिश्व च्याम्पियनहरु ब्रान्ड एम्वेस्डर
काठमाडौ - पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड बनाउदै आएका निर्मल पुर्जा (निम्स दाइ) ले सुरु गरेको निम्स दाइ स्टोर बिश्व स्काई ड्राइभ च्याम्पियन फ्रेड फिउजेनलाई ब्रान्ड एम्वेस्डर बनाएको छ ।
म्याग्दी मूल घर भई हाल बेलायतमा बस्दै आएका निम्स दाइ हाल नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा इलाइट एक्सपिड नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत छन् । अचेल उनी गाइडबिना ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्दै आइरहेका छन् ।
पुर्जा ८ हजार मिटरभन्दला अग्ला १४ वटा हिमालहरू ५०औं पटक आरोहण गरेका तथा अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गर्न सफल भएका छन ।
१६ वर्ष बेलायती सेनामा काम गरेका निम्स दाइले २०६९ पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए । त्यही वर्ष उनले पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए ।
१२ वर्षको छोटो अवधिमा ५० पटक विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौं रेकर्ड बनाएका निम्स दाइले अबको बाँकी जीवन हिमाल आरोहणमै समर्पण गर्ने र तत्काल विश्राम लिने योजना नरहेको बताए ।
निम्स दाइ ८ हजार मिटरमाथिका हिमालमा सबैभन्दा धेरैपटक आरोहण गर्ने विश्वमै एक्ला आरोही भएका छन्,’ आरोही तथा सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले भने,‘उनीपछि दोस्रो स्थानमा सर्वाधिक ८ हजार मिटरभन्दा अग्ला हिमालमा सफल आरोहण गर्नेमा कामीरिता शेर्पा छन् ।’