उपनिर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारले दिए एक अर्काविरुद्ध उजुरी
काठमाडौँ -आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिएका ४०६ जना उम्मेदवारमध्ये २ जना उम्मेदवारविरुद्ध मात्रै उजुरी परेको छ ।
निर्वाचन आयोगका अनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा उम्मेदवारी दिएका २ जना वडा अध्यक्ष एक अर्का विरुद्ध आफैले उजुरी दिएका हुन् ।
उक्त वडा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका जसिराम बस्नेत र नेपाली काँग्रेस विरुद्ध उम्मेदवारी दिएका मोतीराम खत्रीले एक अर्का विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको आयोगले जनाएको छ ।
उक्त वडाको रिक्त रहेको वडा अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । यी दुई बाहेक नेकपा (एकीकृत समाजवादी)बाट हंशराज पुरी र बिरबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१ २१:२७
प्रतिक्रिया दिनुहोस्