नेभिगेशन
बैंक–वित्त

अमेरिकी डलर र चिनियाँ युआनसँगै घट्यो अधिकांश विदेशी मुद्राको विनिमय दर

काठमाडौं - १३५.३४ रुपैयाँको उच्च विन्दुमा स्थिर रहेको अमेरिकी डलरको मूल्यमा आज सामान्य गिरावट आएको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३५.३२ रुपैयाँ छ।

आज युरोको मूल्य घटेर बिक्री दर १४२.५९ रुपैयाँ र पाउण्ड पनि घटेर १७०.७२ रुपैयाँ छ। स्वीस फ्रयांकको बिक्री दर भने बढेर १५२.४४ रुपैयाँ छ।

अस्ट्रेलियन डलरसँगै क्यानेडियन र सिंगापुर डलरको विनिमय दरमा समेत गिरावट आएको छ। जापानी येन र चिनियाँ युआनको मूल्य पनि घटेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त