माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा स्थानीय तह उपनिर्वाचन, केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल गर्ने एजेन्डा छ ।
सोमबार बस्ने तय भएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र पार्टी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’को व्यस्तताका कारण स्थगित गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ ०७:००
प्रतिक्रिया दिनुहोस्