Nic Ad Nic Ad
Nic Ad Nic Ad
एनपीएल

नेपाल प्रिमियर लिग क्रिकेटः ८ फ्रेन्चाइज टोलीमा ३५ जना विदेशी खेलाडी, कसले कुन टीमबाट खेल्दैछन्?

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं– आगामी मंसिर १५ गतेदेखि त्रिभुवन विश्वविद्यालयको स्टेडियमा उद्घाटन हुन लागिरहेको घरेलु खेलहरूमा सबैभन्दा महँगो क्रिकेटको नेपाल प्रिमियर लिगमा ३५ जना विदेशी खेलाडी पनि पिचमा उत्रिँदैछन्। 

आठ वटा फ्रेन्चाइजले खरिद गरेका ‘नामी र दामी’ खेलाडीले पिचमा रौनक ल्याउने अपेक्षा गरिएको छ। सोहीअनुसार नै यसलाई आन्तरिक घरेलु खेलको महोत्सवका रुपमा पनि ब्याख्या गरिएको छ। 

विभिन्न टीमले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरिसकेका छन्। 

इङ्ल्यान्डबाट ७, अमेरिका ४, न्युजिल्याण्ड, स्कटल्याण्ड, पाकिस्तानबाट ३–३ जना, वेस्ट इण्डिज, नामिबिया, नेदरल्यान्डस् र अफगानिस्तानका २–२ जना, भारत, हङकङ, युएई, अस्ट्रेलिया, ओमान, क्यानडा, दक्षिण अफ्रिकाबाट १–१ जना ८ टोलीबाट खेल्दैछन्। 

जसमा पोखरा एभेन्जर्सबाट अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्डस्का बास डि लिडे, इङ्ल्यान्डका म्याट क्रिचली, वेस्ट इण्डिजका रेमन राइफर र स्कटल्याण्डका माइकल लिस्कले खेल्नेछन्। 

कर्णाली याक्सबाट पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट इण्डिजका चालडिक वाल्टन र भारतका शिखर धवनले खेल देखाउनेछन्।

सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्रान्डन मक्मलेन, इङ्ल्यान्डका सेफ जेब, न्युजिल्याण्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्ताफालाई पिचमा उतार्नेछ। 

यसैरी, लुम्बिनी लायन्सले इङ्ल्यान्डका टोम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्दलाई खेलाउनेछ। 

काठमाडौं गुर्खाजले नेदरल्यान्डस्का माइकल लेभिट, इङ्ल्यान्डका सन एस्किनान्जी, नामिबियाका जेहार्ड एरास्मस र इङ्ल्यान्डका ड्यान डौथेवेटलाई त्रिवि पिचमा उतार्नेछ। 

विराटनगर किंग्सले ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन, स्कटल्याण्डका क्रिस सोल, न्युजिल्याण्डका मार्टीन गप्टिल र अफगानिस्तानका इस्मत आलमलाई क्रिकेटको घरेलु महाभारतको भिडन्तमा उतार्नेछ। 

जनकपुर बोल्ट्सलेचाहिँ न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकाका लाहिरु मिलन्था र पाकिस्तानका सोयब मक्शुदलाई पिचमा उतार्नेछ। 

चितवन राइनोजबाट दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग, इङल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन, रवि बोपारा, नामिबियाका जान लिफ्टी इटन र अफगानिस्तानका हसन इसाखिलले खेल देखाउनेछन्।

*यसअघि शिर्षकमा संख्यामा फरक पर्न गएकोमा सच्याइएको छ– सम्पादक

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्