Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल प्रिमियर लिग

एनपीएलः यस्तो आक्रामक बन्यो टीम जनकपुर बोल्टस्, अधिक बलियो बिराटनगर किङ्स कस्तो छ?

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं– नेपालको राष्ट्रिय टोलीकै प्रशिक्षक रहीसकेका पुबुदु दसानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरी ड्रिम स्पोर्टसले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्टस्लाई बिराटनगर किङ्सविरुद्ध पिचमा उतार्दैछ।

आसिफ सेख मार्की रहेको उक्त टीमको ब्रान्ड एम्बास्डर हुन् यू–१९ महिला राष्ट्रिय टोलीकी कप्तान र अहिले किर्तिमान कायम राखेकी क्रिकेटर पूजा महतो। 

प्रतियोगिताका निम्ति जनकपुरले नेपाली टिमकै ललितनारायण राजवंशी र अनिल साहलाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो।

यस टीममा आसिफ सेख, हेमन्त धामी, सुवास कंसाकार, किशोर महतो, शेर मल्ल, ललितनारायण राजवंशी, रुपेश सिंह, अनिल साह, तुल थापा, आकाश त्रिपाठी, अरनिको यादव छन्। 

यो टीमलाई अझ भयानक र आक्रामक बनाउनका लागि जनकपुर बोल्टस्मा विदेशी खेलाडी न्यूजिलयन्डका जिम्मी निसम, अमेरिकाका जोसुवा ट्रोम्प पाकिस्तानका आक्रामक ब्याटु् म्यान सोहैब मक्सुद, मोहम्मद माहसिन र अमेरिकाका लहिरी मिलान्थाको सहभागीता रहेको छ। 

दसानायाकेले नेपाली क्रिकेटलाई उचाई दिएका कारण पनि जनकपुर बोल्टस् आत्मविश्वास र आक्रामक प्रस्तुतीका लागि तयारी अवस्थामा रहेको छ। 

हुन त आठ वटै फ्रेन्चाइज टीम कम छैनन्। त्यहाँमाथि सन्दीप लामिछाने मार्की रहेको बिराटनगर किङ्स पनि उद्घाटन खेलमा २ अंक जोड्ने तयारीमा जनकपुर बोल्ट्सका लागि चुनौती बन्ने ध्याउन्नमा छ। 

एमएडी ड्रिम स्पोर्ट्स यो टीमको प्रशिक्षण केभिन ओ‘ब्रियनले गर्नेछन्। आरयल्यान्डका अनुभवी खेलाडीको प्रशिक्षणले बिराटनगर जनकपुरसामु चट्टानी खेलमा उत्रिने पक्कापक्की छ। 

अभिनेता दयाहाङ राई ब्रान्ड एम्बेस्डर रहेको बिराटनगर किङ्स मंसिर १५ गतेको अपरान्ह १२ः१५ को खेल आफ्नो पक्षमा बनाउने गरी तयारीमा जुटेको छ। 

विराटनगरले लोकेश बम र प्रतिश जिसीलाई प्रतियोगिताकै उच्च मूल्य तिर्दैै अनुबन्ध गरेको थियो। लोकेश र प्रतिश प्रतियोगिताका निम्ति १५ लाख रुपैयाँमा बिक्री भएका १२ खेलाडीमध्येका दुई जना हुन्। 

मार्टिन गप्टिल यो टिमको सबैभन्दा चर्चित अनुहार हुन्। दुई औंला भनेर चिनिने न्यूजिल्यान्डका पूर्वओपनर विस्फोटक ब्याटिङकका लागि परिचित थिए।  

सन्दीप लामिछानेसहित  बसिर अहमेद, लोकेश बम, दीपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, प्रतिश जिसी, मृगंल गुरुङ, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी टीममा छन्।

ओमानका अकिब इल्यास, गप्टिलसहित स्कटल्यान्डका क्रिस सोल, अफगानिस्तानका इस्मत आलमसहित यो टोली पिचमा उत्रिने व्यग्रतामा रहेको छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्