Nic Ad Nic Ad
Nic Ad Nic Ad

उदण्ड हर्कतका कारण ७ बर्ष जेल जान सक्छन् दुर्गा प्रसाईं, फेरि पक्राउको तयारीमा प्रहरी

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं– मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई एउटा किर्ते उदण्डका कारण प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ।
आफ्नै उदण्डताबारे चाल पाएका प्रसाईं पक्राउको त्रासमा छन्। 

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्बभन्दा बढी नेपाली रुपैंयाको लगानी रहेको दाबीसहित भिडिओ जारी गरेका थिए। 

त्यसमा प्रधानमन्त्री ओलीको नाम नागरिकता बमोजिमको छैन भने हस्ताक्षर पनि किर्ते छ। 

यो चाल पाएका प्रसाईंले लेखेका छन्,‘हिजो मैले कम्बोडियामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेसँगै मलाई यो राज्य सत्ताले फेरि झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ। मलाई साइवर क्राइम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरे पनि सचेत र चनाखो रहन आग्रह गर्दछु। राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागि तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु।’

व्यवसायी दुर्गा प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए। 

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली राखेका थिए।

१४ मे २०१९ मिति राखिएको एउटा कागजमा लगानी रकम २१ करोड यूएसडी उल्लेख छ। 

ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया विजनेस फोरममा सहभागी हुन कम्बोडिया गएको बेला सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको दावी प्रसाईंले गरेका थिए।

प्रसाईँले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका व्यक्तिका विषयमा दिएका अभिव्यक्ति र लगाइएका लाञ्छना झुठो ठहरिएमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ आकर्षित हुने प्रहरीको साइबर ब्युरोले जनाएको छ। त्यस्तो कसुरमाथि ऐनको दफा ४७ आकर्षित हुन्छ।

प्रसाई यसअघि पनि साइबर ब्युरोको नियन्त्रणमा परेका थिए। एक जना रास्वपाकी केन्द्रीय सदस्यका बारेमा भ्रमपूर्ण प्रचार गरेका कारण पक्राउ गरिएका प्रसाईं धरौटीमा छाडिएका थिए।

यस्तो किर्ते कागसहित साईबर अपराध समेत गरेको जाहेरीमार्फत प्रहरीले मुद्दा चलाए उनलाई ७ बर्ष जेल र ७० हजारसम्म जरिवाना हुन सक्छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्