Nic Ad Nic Ad
Nic Ad Nic Ad

सीआईबी हिरासतमा राखेर प्रसाईंलाई साइबर क्राइम मुद्दा, भिडिओ बनाउने अन्यको खोजीमा सादा पोशाकका प्रहरी

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं– भक्तपुरस्थित निवासबाट पक्राउ गरिएका विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) हिरासतमा राखेर साइबर क्राइम मुद्दा चलाइने भएको छ। 

सीआईबी उच्च स्रोतका अनुसार मंगलबार म्याद थपी साइबर क्राइम मुद्दा चलाइने भएको हो। 

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्बभन्दा बढी नेपाली रुपैंयाको लगानी रहेको दाबीसहित भिडिओ जारी गरेका थिए। 

त्यसमा प्रधानमन्त्री ओलीको नाम नागरिकता बमोजिमको छैन भने हस्ताक्षर पनि किर्ते छ। 

व्यवसायी दुर्गा प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए। 

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली राखेका थिए।

यो भिडिओ बनाउने समूहको खोजीमा पनि सीआईबीका सादा पोशाकका प्रहरी खटिइसकेका छन्। साइबर ब्युरो सीआईबी मातहत पर्दछ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्