Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाईलाई साइबर अपराधमा म्याद थपिने, किर्तेमा पनि चल्नेछ मुद्दाः सीआईबी प्रमुख थापा

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं– भक्तपुरस्थित निवासबाट पक्राउ गरिएका विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) हिरासतमा राखेर साइबर अपराध मुद्दामा मंगलबार म्याद थपिने भएको छ।

साइबर अपराधमा म्याद थपेपछि किर्तेमा पनि अनुसन्धान हुने सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापाले क्यानडानेपालसँग भने। 

मनाहानीको पनि विषयमा चल्ने हल्लाको सन्दर्भमा सीआईबी प्रमुख था भन्छन्,‘मानाहानी हाम्रोमा पर्दैन, किर्तेमा मुद्दा चल्छ।’ 

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्बभन्दा बढी नेपाली रुपैंयाको लगानी रहेको दाबीसहित भिडिओ जारी गरेका थिए। 

त्यसमा प्रधानमन्त्री ओलीको नाम नागरिकता बमोजिमको छैन भने हस्ताक्षर पनि किर्ते छ। 

व्यवसायी दुर्गा प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए। 

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली राखेका थिए।

यो भिडिओ बनाउने समूहको खोजीमा पनि सीआईबीका सादा पोशाकका प्रहरी खटिइसकेका छन्। साइबर ब्युरो सीआईबी मातहत पर्दछ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्