पाकिस्तानमा भएको आक्रमणमा ८ सैनिकको मृत्यु, ७ प्रहरी अपहरण
पाकिस्तान- उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु भएको छ भने सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मंगलबार जनाएको छ ।
खैबर-पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा ‘आठ सैनिक’ र ‘नौ आतंकवादी’मारिएको एकजना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् । पाकिस्तानी तालिबान (टिटिपी)ले यस घटनाको जिम्मेवारी लिएको छ ।तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका सात जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । अधिकारीका अनुसार आक्रमणकारीहरूले अधिकारीहरूका हात हतियारहरू पनि जफत गरेका थिए ।
अफगानिस्तानसँगको सिमानामा टिटिपीको आक्रमण बढेको बताउँदै प्रहरी अधिकारी मुहम्मद जिया उद-दिनले घटनाको पुष्टि गरेका छन् । तालीवान समूहले अक्टोबर-२५ मा दश जना प्रहरी अधिकारीहरूको हत्या गरेको थियो ।
यस अघि प्रान्तीय राजधानीको रेल स्टेसनमा सोही समूहले गरेको बम विस्फोटमा-४ जना सैनिकसहित २६ जनाको मृत्यु भएको थियो भने एक हप्तापछि शनिबार पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा उनीहरूले सात जना सैनिकको हत्या गरेका थिए ।