स्वर्णलक्ष्मी सहकारीः कुमार रम्तेलसँग बयान सकेर पोखरा पठाइयो, छवि ल्याइने अनि रविको पालो
काठमाडौं– काठमाडौं कालीमाटीस्थित स्वर्ण लक्ष्मी सहकारीको रकम अपचलनको विषयमा अनुसन्धान र बयानका लागि सूर्यदर्शन सहकारीका तत्कालिन कोषाध्यक्ष कुमार रम्तेलसँग जिल्ला प्रहरी परिसर काठमाडौंले बयान लिएको छ।
शनिबार काठमाडौं झिकाइएका रम्तेलसँग आइतबार र सोमबार दिउँसोसम्म बयान लिएर साँझ पोखरा पठाइएको परिसर स्रोतले जनाएको छ। अब गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक पूर्वडीआईजी छविलाल जोशाीको बयान लिइने छ।
उनलाई पनि पोखराबाट झिकाएर बयान लिइने र त्यसपछि रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं झिकाउने तयारी गरिएको छ। काठमाडौंबाट पनि छवि र रविका नाममा पक्राउ पूर्जी जारी भएको थियो।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १६:१२
प्रतिक्रिया दिनुहोस्