‘कार्यबाहक सभापति’ नतोकिए पनि रास्वपा उपसभापति डीपी अर्यालले बोलाए केन्द्रीय समिति आकस्मिक बैठक
काठमाडौं– उपसभापति डीपी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको आकस्मिक बैठक मंगलबार साँझलाई डाकेका छन्।
पार्टी मुख्यालय बनस्थलीमा बस्नेगरी अर्यालले बैठक डाकेका हुन्। सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठीत अपराधमा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा थुनामा रहेका छन्।
रास्वपाले सभापतिलाई छुटाउन दबाब दिँदै आन्दोलन गर्दै आएको छ। पार्टीका १४ जना केन्द्रीय सदस्यको सुझावका आधारमा अर्यालले कार्यबाहक सभापतिको जिम्मेवारी नपाए पनि बैठक डाकेका हुन्।
उनले अर्का उपसभापति स्वर्णिम वाग्लेसँग सल्लाह नगरी नै बैठक डाकेको बताइएको छ। त्यसका एजेन्डा पनि खुलाइएको छैन।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १६:३१
प्रतिक्रिया दिनुहोस्