लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ- मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् ।
हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाई मंगलबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो ।
अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको परिसरका एक प्रहरी अधिकारीले बताए ।
कात्तिक दोस्रो हप्ता जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि एमाले प्रदेश सभा सदस्य तथा तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारी छानबिनमा परेका हुन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १७:४९
प्रतिक्रिया दिनुहोस्