रेमिट्यान्स साढे ११ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो ४ खर्ब
काठमाडौं - रेमिट्यान्स साढे ११ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ ।
यस्तो रेमिट्यास आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५ हजार ९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो