Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्टार स्पोर्ट्ससँग राष्ट्रिय हितविपरीत सम्झौता गरेको भन्दै तीन संस्थाको आपत्ति

मंगलबार, मंसिर ४, २०८१

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौता विवादित बनेको छ । सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाहरूले साझा विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका छन् ।

नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हित विपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् । एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ । तर, यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुनु नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ । नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघले केही अवैधानिक, गैरकानुनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । बिना प्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्