Nic Ad Nic Ad
Nic Ad Nic Ad

तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन

मंगलबार, मंसिर ४, २०८१

काठमाडौँ -नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गरी त्रैमासिक रूपमा तलब तथा ज्याला सूचकांक प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ तलब तथा ज्याला सूचकांक प्रादेशिक, नेपालस्तरीय औद्योगिक वर्गीकरण र नेपालस्तरीय पेसागत वर्गीकरण गरी तीनवटा ढाँचामा प्रकाशित गरिएको छ ।जनअनुसार आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक ३.३६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा यस्तो सूचकांक ५.६५ प्रतिशतले बढेको थियो ।

प्रदेशगत रूपमा गत असोजमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांकको वृद्धिदर १.२४, मधेश प्रदेशको ४.९९, वाग्मती प्रदेशको २.९५, गण्डकी प्रदेशको २.२६, लुम्बिनी प्रदेशको ३.६७, कर्णाली प्रदेशको ५.०३ र सुदूरपश्चिम प्रदेशको ६.४० प्रतिशत रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार