नेभिगेशन
राजनीति

रास्वपाको दुखः आन्दोलन घोषणा गर्न हिरासत पुग्दैछन् उपसभापति

काठमाडौं– रास्वपा उपसभापति डीपी अर्याल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछाने भेट्न पुग्ने भएका छन्।

मंसिर ८ गतेदेखि अर्को चरणको आन्दोलनको घोषणा गरेको उक्त दलले मोडालिटी तय गर्न नसकेपछि सभापति लामिछानेसँगको परामर्श अनिवार्य ठानेको थियो। आकस्मिक रुपमा उपसभापति अर्यालले बोलाएको केन्द्रीय समितिको बैठकले सोही निर्णय गरेको एक नेताले बताए।  

अर्यालले केन्द्रीय समितिको आकस्मिक बैठक मंगलबार साँझलाई डाकेका थिए। 

सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठीत अपराधमा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा थुनामा रहेका छन्। 

रास्वपाले सभापतिलाई छुटाउन दबाब दिँदै आन्दोलन गर्दै आएको छ। पार्टीका १४ जना केन्द्रीय सदस्यको सुझावका आधारमा अर्यालले बैठक डाकेका थिए। 

तर कस्तो प्रकारको आन्दोलन गर्ने भन्ने सन्दर्भमा कुनै खाका तयार पार्न नसकेको बैठकले अन्तिम निर्णय नै सभापतिसँग परामर्श भनेर टुङ्ग्याएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति