नेभिगेशन
सुरक्षा–अपराध

भैंसेपाटी हनिट्रयाप प्रकरणः इन्स्पेक्टर शाहीसहित ६ जनाविरुद्ध मुद्दा, एसपी थापा जोगिए

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भैंसेपाटी हनिट्रयाप प्रकरणको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनामा इन्स्पेक्टर बिनु शाहीसहित ६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ। 

शाही र दर्शन पोखरेल फरार भए पनि चार जना प्रहरी कस्टडीमा छन्। 

इन्स्पेक्टर शाही समेत हनि ट्रापिङ गिरोहमा मिलेको प्रहरी अनुसन्धानको निचोड छ। 

करिब दुई महिना लामो अनुसन्धानपछि मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पुगेको बताइएको छ।

गिरोहका नाइके ताज इस्लाम, उनका सहयोगी सुष्मा विक,  भिमादेवी थापा र प्रहरी हवल्दार महेन्द्र हमाल थुनामा छन्। यस प्रकरणको प्रमुख पात्र ताज इस्लाम र सुष्मा विक हुन्। 

थुनामा रहेकी थापा र फरार पोखरेललाई नियोजित रुपमा गिरोहले फसाएको चर्चा छ।

यस प्रकरणमा नाम जोडिएका प्रहरी उपरिक्षक (एसपी) थापा भने तत्कालका लागि तानिएका छैनन्। प्रतिवेदनमा उनको संलग्नता नखुलाइए पनि थप अनुसन्धान हुन सक्ने बताइन्छ।

दुई महिनाअघि प्रहरी प्रभाग भैंसेपाटीमा जग्गा व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ