नेभिगेशन
समाज विविध

घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो

काठमाडौं- काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि मंगलबार बिहान काठमाडौंको तापक्रम ९.९ डिग्री सेल्सियस थियो ।

काठमाडौं मात्रै नभई देशभरकै तापक्रम घटिरहेको छ । हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध