Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी किन आज काठमाडौं आउँदैछन्, कहिलेसम्म बस्छन्?

बुधबार, मंसिर ५, २०८१

काठमाडौं– भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज काठमाडौं आउने भएका छन्। नेपाल–भारत परम्पराअनुसार नेपाली सेनाको मानार्थ प्रधानसेनापति अर्थात् महारथीको दर्जा ग्रहणका लागि उनी काठमाडौं उत्रिन लागेका हुन्। 

उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाको जङ्गी अड्डाले जनाएको छ।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन्।

नेपालका प्रधानसेनापतिको भारत भ्रमणका क्रममा उक्त मानार्थ महारथीको दर्जा त्यहाँका राष्ट्रपतिले दिनेछन्।

द्विवेदी मंसिर ९ गतेसम्म नेपालमा रहने छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राईसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग औपचारिक भेटवार्ता गर्नेछन्। 

नेपाली सेनाका अनुसार कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग संवाद गरी उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमणमा सरिक हुनेछन्।
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्