छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो, रविलाई केही दिनपछि
काठमाडौं - सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको छ । हिजो नै उनलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए ।
कुमार रम्तेलको बयान सकेर पोखरा पठाइएलगत्तै जोशीलाई बयानका लागि ल्याइएको हो । गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकमबारे अनुसन्धान गर्न जोशीलाई पक्राउ गरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जोशीको बयानपछि मात्रै ल्याउने तयारी काठमाडौं प्रहरीको छ ।
रविसहितका केही व्यक्तिलाई पक्राउ गर्न काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १०:५७
प्रतिक्रिया दिनुहोस्