जनकपुर बोल्ट्सले खरिद गरेका पाकिस्तानी सोहिब मक्सूद कस्ता खेलाडी हुन्?
काठमाडौं– नेपाल प्रिमियर लिगको उद्घाटन खेल जति नजिकिँदै गइरहेको छ, त्यति नै क्रिकेटप्रेमीका उत्साहहरू बढ्न थालेका छन्।
आठ वटा फ्रेन्चाइज टोली अभ्यासमा जुटिसकेका छन् भने कोभन्दा को कम भन्ने शैलीमा विदेशी खेलाडी भित्राउने क्रम पनि चलिरहेका छन्।
यहि क्रममा जनकपुर बोल्टस्ले पनि विभिन्न देशका खेलाडीलाई भित्राइसकेको छ। तिम ध्य एक हुन् पाकिस्तानी सोहिब मक्सूद।
६.२ इन्चको कद, आक्रामक ब्याटिङ शैलीका कारण मक्सूदलाई प्राय पाकिस्तानका पूर्वकप्तान, ब्याट्सम्यान र मुल्तान निवासी इन्जमाम–उल–हकसँग तुलना गरिन्छ।
उनी मध्य क्रममा ब्याटिङमा उत्रिन्छन्।
अप्रिल २०१८ मा उनलाई पाकिस्तान कपको लागि संघीय क्षेत्रको टोलीको उप–कप्तान बनाइएको थियो।
उनी सन् २०१८ र २०१९मा राष्ट्रिय टी–२० कपमा मुल्तानका लागि सात खेलमा २०७ रन बनाएर सर्वाधिक स्कोरर बनेका थिए।
मार्च २०१९ मा उनलाई पाकिस्तान कपको लागि संघीय क्षेत्रको टोलीमा नाम दिइएको थियो।
सेप्टेम्बर २०१९ मा मक्सूदलाई २०१९–२०२० काइद–ए–आजम ट्रफी प्रतियोगिताको लागि दक्षिणी पञ्जाबको टोलीमा राखियो।
उनले ८ नोभेम्बर २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानका लागि एक दिवसीय डेब्यू गरे र ५४ बलमा ५६ रन बनाए।
सेप्टेम्बर २०२१ मा, उनलाई आईसीसी विश्व कपको लागि पाकिस्तानको टोलीमा राखिएको थियो। श्रीलंकाको प्रिमियर लिग समेत खेलीसकेका मक्सूद जनकपुर बोल्टस्का निम्ति योगदान दिन तयार रहेका छन्।
ड्रिम स्पोर्ट्सले मधेस प्रदेशको राजधानीको नाममा रहेको जनकपुर बोल्ट्सको स्वामित्व दुई करोड पाँच लाखमा किनेको थियो।
प्रतियोगिताको पहिलो संस्करणका निम्ति टीमलाई नेपाली राष्ट्रिय क्रिकेटका पूर्वप्रशिक्षक समेत रहेका पुबुदु दासानायकेले प्रशिक्षण दिनेछन्।
नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेख मार्की रहेको टीममा मक्सूदको योगदानको आशा गरिएको छ। मक्सूदसँगै जनकपुर बोल्ट्सले न्यूजिल्यान्डका जिम्मी निसम अमेरिकाका जोसुवा ट्रोम्प पाकिस्तानकै मोहम्मद माहसिन र अमेरिकाका लहिरी मिलान्था खरिद गरि पिचमा उतार्दैछ।
यसाबाहेक मार्की सेखसँगै हेमन्त धामी, सुवास कंसाकार, किशोर महतो, शेर मल्ल, ललित राजवंशी, रुपेश सिंह, अनिल साह, तुल थापा, आकाश त्रिपाठी र अर्निको यादवले जनकपुर बोल्टुस्मा योगदान दिनेछन्।